थप ११२० जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुग्याे

काठमाण्डाैँ, १७ भाद्र ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुर १ जना, ओखलढुंगामा २ जना, खोटाङमा १ जना, झापा ११ जना, धनकुटामा २ जना, पाचँथरमा १ जना, भोजपुरमा ३ मोरङमा ५३ जना र सुनसरीमा ७२ जना प्रदेश २ को धनुषामा ६३ जना, पर्सामा ४९ जना, बारामा २३ जना, महोत्तरीमा ३१ जना, रौतहटमा १८ जना, सप्तरीमा १२, सर्लाहीमा ५० जना, सिरहामा १५ जनामा जना वागमती प्रदेशको काठमाडौँमा ३ सय ५० जना, काभे्रेमा १ जना, चितवनमा ४३ जना , धादिङमा २ जना, नुवाकोटमा १ जना, भक्तपुरमा ९ जना, मकवानपुरमा ३३ जना, रामेछापमा २ जना, ललितपुरमा २९ जना, सिन्धुपाल्चोकमा २ जना र सिन्धुलीमा १ जना गण्डकी प्रदेशको कास्कीमा २४, गोरखा १ जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा १६ जना, पर्वतमा १ जना, लमजुङमा १९ जना र स्याङ्जामा १ जना प्रदेश ५ को अर्घाखाँचीमा १ जना, दाङमा ६ जना, नवलपरासीमा ३ जना, पाल्पामा १ जना, प्युठानमा २ जना, बर्दियामा ५ जना, बाँकेमा ४१ जना, रुपन्देहीमा २७ जना, रोप्लामा १ जना कर्णाली प्रदेशमा कालिकोटमा २१ जना, जुम्लामा ३७ जना र दैलेखमा १ संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, कञ्चनपुरमा ३ जना, कैललीमा १३ जना, डडेल्धुरामा १ जना, बझाङमा ९ जना र बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस