उपचार खर्चको अभावमा बझाङका बोनम्यारो क्यान्सर पिडित , सहयाेगका लागि अपिल

बझाङ, १८ भाद्र ।

बोनम्यारो क्यान्सरबाट पिडित बझाङका एक युवा उपचार खर्चको अभावमा मृत्यु संग लडिरहेका छन । बझाङको छविस पाथीभेरा गाउपालिका- १ निवासी २५ बर्षिय नरेस रावललाई खर्च अभावमा उपचारमा समस्या भएको हो । दुई वर्ष अघि काठमाण्डौमा अध्ययन गर्ने क्रममा उनलाई ल्युकेमिया बोनम्यारो क्यान्सरको संक्रमण भएको थियो ।

बुवाको केही बर्ष अघि नै मृत्यू भैसकेका कारण त्यँहा निजी स्कुलमा पढाउदैै अध्ययन गरिरहेका थिए । काठमाण्डौको रोजगारीले उपचार गराउन सम्भव नभए पछि उनि अध्ययन छोडेर भारतको व्यंग्लोर पुगेका थिए । भारतमा मजदुरी गरेर कमाएको पैसा, आफन्तहरुले गरेको सहयोग र घरमा भएको सम्पती बेचेर १० लाख जति उपचारमा खर्च भैसकेको उनले बताए । उनले भने अब डाक्टरले बोनम्यारो प्रत्यारोपण बाहेक अरु विकल्प छैन भनेको छ । त्यसको लागि भारु २० लाख अर्थात ३२ लाख नेपालि रूपैया जति खर्च लाग्ने रहेछ उनले उनले भने ।

रावलले आफ्नो घरमा भएको सम्पती सबै उपचारमा खर्च भैसकेकोले त्यति ठुलो रकम जोहो गर्न असम्भव भएकोले उनले सहयाेगका निम्ती  अपिल गरेका छन । घरमा आमा र एक जना भाई मात्रै रहेको र उनिहरुको भरण पोषणको जिम्मा पनि आफ्नै काधमा रहेकोले मनकारीदाताहरुलाई सहयोगको लागि अपिल गरेका छन । ‘यत्रो पैसा जुटाउन सक्ने मेरो कुनै आधार छैन । मलाई सहयोग गरेर मेरो ज्यान बचाईदिनुहोस’ उनले भने । उनको आफ्नै भाईको बोनम्यारो नरेसको शरिरमा प्रत्यारोपण गर्न सकिने डाक्टरले बताएको र भाई पनि बोन म्यारो दान गर्नका लागि तयार रहेको अवस्थामा खर्च अभावमा प्रत्यारोपण हुन नसकेको उनका आफन्त गजेन्द्र रावलले बताए ।

सहयाेग गर्न इच्छुकले तल रहेका खाता नं  रकम पठाउन सक्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस