थप १२२८ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ४२,८७७ पुग्याे

काठमाण्डाैँ, १८ भाद्र ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । देशका बिभिन्न भागमा १ हजार २ सय २८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस