नेपालमा काेराेना संक्रमितको मृत्युदर ०.६% रहेकाे छः प्रवक्ता गौतम

काठमाण्डाैँ, १८ भाद्र ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह जारी गरेको पछिल्लो अपडेट अनुसार देशभरका विभिन्न अस्पतालहरुमा ६ जनाको मृत्यु भएको हो ।४ जना महिला र २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

चितवन र भक्तपुरका ४०, ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै, सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर २५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस