दाङमा शनिवार ३७ जनामा कोरोना पुष्टि

दाङ, २० भाद्र ।

दाङमा शनिवार मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४०४ जनाको गरिएको पिसिआर परिक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरूमा घोराही र नारायणपुर क्षेत्रका ११ जना, जिल्ला प्रहरी कार्यालय घोराहीका ७ जना र तुलसीपुर उपमहानगरपालिकाका १९ जना रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस