संयुक्त एम्बुलेन्स चालक संघ नेपाल दाङको नयाँ कार्यसमिति चयन

दाङ, २० भाद्र ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ ) दाङ शाखा दाङले नयाँ कार्यसमिति चयन गरेको छ। शनिवार प्रदेश अध्यक्ष कुल बहादुर खडकाको अध्यक्षतामा घोराही स्थित बसेकाे बैठकले नयाँ कार्यसमिति चयन गरेको हाे ।

बैठकले अध्यक्षमा महेस चौधरी, वरिष्ठ उपाध्यक्षमा देबिराज चौधरी, उपाध्यक्षमा श्रीमन चौधरी, सचीवमा केशवराज कंडेल, सह- सचीवमा जिबराज बुढा, कोषाध्यक्षमा प्रकाश चौधरीलाई चयन गरेकाे हाे ।

यस्तै बैठकले सदस्यहरुमा सैलेस डाँगी, शिव भण्डारी, भोजराज भट्टराई, धन बहादुर के शी, अशाेक बोटे, लाल ब.घर्ती, निराजन चौधरी, शत्रुधन चौधरी, दिल ब. पुन, लिखिराम चौधरी र श्याम नारायण चौधरीलाई चयन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस