केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।