प्राधिकरणमा कुलमान घिसिङलाइ दोहोर्याउन प्रधानमन्त्री ओली राजी

काठमाडौँ , २६ भदौ ।

पछिल्लो समयमा चर्चामा आएको विषय नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन : कुलमान घिसिङ दोहोरिने लगभग निश्चित भएको छ।

ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ र सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्र गर्न राजी भएका हुन् ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस