भक्तपुरमा एउटै परिवारका ३ जना मृत फेला

भक्तपुर, २६ भदौ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।महानगरीय प्रहरी वृत्तका अनुसार  शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला पारिएको हो ।

महानगरीय प्रहरी वृत्तले यस घटनाबारे अनुसन्धान थालेको बताएको छ । साथै, यस घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्ने पनि जनाएको छ ।

घरको दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ । केही दिन पहिले नै घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।एक्त घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस