रोल्पामा पहिरोले पुरिएर २ बालकको मृत्यु, २ जना घाइते

राेल्पा, २७ भाद्र । 

रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञान सिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुलिचाैर अस्पताल पठाइएको डिएसपी सुवेदीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस