थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या ३ सय ३६ पुग्याे

काठमाण्डाैँ, २७ भाद्र ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा ११ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा काठमाडौंका ५१ वर्षीय पुरुष, ५४ वर्षीय पुरुष र ७६ वर्षीया महिलाको गरी ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी सुनसरीका ४३ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, स्याङजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष र कास्कीका ५१ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी रुपन्देहीका ६० वर्षीय पुरुष र ४० वर्षीया महिलाको पनि मृत्यु भएको छ । यता, पर्साकी ७६ वर्षीया महिला र तनहुँकी ७६ वर्षीया महिलाको पनि कोरोनाले मृत्यु भएको छ ।योसँगै देशभर कुल मृतकको संख्या ३ सय ३६ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०.६३ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस