थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३ सय ४५ पुग्याे

काठमाण्डाैँ,२८ भाद्र ।

नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।
४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षीय चार पुरुषको मृत्यु भएको छ।

यस्तै मोरङमा ६९ वर्षीय, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस