जनप्रतिनिधीको मिलोमतोमा जग्गा अतिक्रमण भएको स्थानियको आरोप

दाङ, २८ भाद्र ।

दाङको बबई गाउँपालिकामा जग्गा अतिक्रमण भएपछि हंगामा भएको छ । दाङको बबई गाउँपालिकामा –०५ बवरपुरमा कालापानी सामुदायिक बनको जग्गा अतिक्रमण भएको हो । स्वास्थ्य चौकी बवरपुरको छेउमा रहेको करिब ५ मिटर जग्गा स्थानिय टंक बहादुर शाहले अतिक्रमण गरी घर निर्माण कार्य गर्ने लागेपछि स्थानियहरु बिरोधमा उत्रेका थिए । टंक बहादुर शाह अहिले बैदिशिक रोजगारीको अवसरमा कतारमा रहेका छन ।

कालापानी सामुदायिक बनको उक्त जग्गालाई बिगत केहि समय अघि देखि खेलाडीहरुले खेलकुद मैदानका रुपमा प्रयोग गर्दै आएका थिए । बिगत केही समयदेखि अतिक्रमण गरी घर बनाउन लागेपछि स्थानियहरु बिरोध गर्दै जनप्रतिनिधी गुहारेका थिए । तर वडा अध्यक्षलाई बारमबार सम्पर्क गर्दा पनि कुनै प्रतिकृया नआएपछि जनप्रतिनिधीको मिलोमतोमा नै जग्गा अतिक्रमण भएको हुनसक्ने आशंका गरिएको स्थानियहरुले बताएका छन ।

अतिक्रमण भएको जग्गाको छेउमा घर भएकी कल्पना पुन भन्छिन “हामी यहा बस्न लागेको ९ बर्ष भयो तर भदौ १३ एक्कासी टंक बहादुर शाहकी श्रीमती लक्ष्मी कुमारी शाहले घर बनाउनका लागि जग खन्ने काम गरेपछि हामीले बिरोध गरेका हौ” यसअघि यस बिषयमा जानकारी नै नभएको उनले बताईन । उनले यस बिषयमा बोलेमा घरै समेत भत्काउने धम्की समेत आएको बताईन ।

भदौ १३ गते देखि २८ गते सम्म उक्त बिषयलाई लिएर दुबै पक्ष बिच ३ चोटी सम्म झडप भएका छन तर स्थानिय जनप्रतिनिधीहरुले प्रहरी पठाएर उक्त झगडा मिलाउने गरेको स्थानिय दुर्गा बहादुर भण्डारीले जानकारी दिनुभयो । जनप्रतिनिधी आफु नआउने र यस बिषयको जानकारी भएपनि अनबिज्ञ जस्तै गर्ने गरेको उहाँले बताउनुभयो ।

बिगत २०६२ सालदेखि देखि बवरपुर स्वास्थ्य चौकीमा स्वयम सेविकाको रुपमा कार्यरत्त रहेकी तारा भण्डारीले बिवाधित जग्गाको कुरा यसअघि अहिल्यै पनि नसुनेको र हेल्थ पोष्टको भवन निर्माण हुदाँ समेत कसैले त्यस बिषयमा कुरा नगरेको बताईन । उनले जनप्रतिनिधीले नै कुरा नसुने पछि मिडिया गुहार्नु परेको बताईन ।

 

हाम्रो टिमलाई उक्त सुचना भए पश्चात त्हाँको बस्तुस्थिती बुझन हामी त्हाँ पुग्यौ तर त्हाँ पुग्दा अवस्था थामी नसक्नु थियो । हामीले प्रहरी लगाएत वडा अध्यक्षलाई खबर गर्याै प्रहरी समयमै पुगे पनि वडा अध्यक्ष डम्बर बहादुर श्रीषले भने अउछु भनेरै टारे । निकै होमवर्क पछि वडा अध्यक्ष आउनुभयो र वडा अध्यक्ष डम्बर बहादुर श्रीष, वडा सदस्य सालिकराम पौडेल लगाएतको उपस्थितीमा अहिले छानबिन समिती गठन भएको छ ।

यस बिषयमा न्यायिक समितीमा निवेदन समेत परिसकेकोले भोलि नै छलफल गरेर निर्णय हुने अध्यक्ष डम्बर बहादुर श्रीषले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस