दाङमा सोमवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

दाङ, २८ भाद्र ।

दाङमा सोमवार थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणका क्रममा घोराही, शान्तिनगर, बबई गाउँपालिकाका गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । घोराही १० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

उनका अनुसार अन्य ४ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । यसअघि नारायणपुर क्षेत्रमा संक्रमितहरु देखिएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाव संकलन गरी परीक्षण गर्दा अन्य ति ब्यक्तिहरुमा संक्रमण देखिएको हो । त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परीक्षणका गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी पुनले जानकारी दिए ।

संक्रमित हुनेहरुमा वडा नं. ४,५,६,७ वडाका ब्यक्तिहरुमा कोरोना संक्रमित भएको उनले जानकारी दिए । संक्रमित हुनेहरुमा विदेशबाट आएका, कन्ट्रयाक ट्रेसिङ र समुदायस्तरका रहेको उनले बताए । त्यस्तै बबई गाउँपालिकामा २० जनाको स्वाव परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस