थप १४५९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५६ हजार ७८८ पुग्याे

काठमाण्डाैँ,३० भाद्र । 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस