देउखुरीमा प्रशासनकाे सुचनाकाे बेवास्ता गर्दै बिशाल कार्यक्रमकाे आयोजना

दाङ,३० भाद्र । 

जिल्ला प्रशासन कार्यालय दाङले जारि गरेको सूचनालाई उलंघन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाले देउखुरीमा बिशाल कार्यक्रमको आयोजना गरेको छ । नीति निर्माणमा पुगेका प्रतिनिधि सभा सदस्य सहित झन्डै आधा दर्जन प्रदेश सभा सदस्यहरु तामझामका साथ् चुनावी सभाको झल्को दिनेगरी पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए ।

नेपाल सरकारले यहि भदौ २८ गते देखि देशमा जारि गरेको लकडाउन सकिएको घोषणा गरेपनि दाङमा बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म मात्र ब्यापार व्यवसायका लागि पसल खोल्ने भनेको छ, त्यस्तै भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने भनेर जिल्ला प्रशासन कार्यालय दाङले सुचना नै जारि गरेको छ । तर देउखुरीमा सिंगो सत्तानै सम्हाली रहेका नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, प्रदेश साँसद दामा शर्मा, इन्द्रजित थारु, रेवती रमन शर्मा लगायतका नेता समेतको सहभागितामा राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित जङ्रहवामा बिशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर प्रशासनको धज्जी उडाउँदै कार्यक्रम सम्पन्न भएको छ ।

विश्व कोरोना भाइरसले आक्रान्त भैरहेका बेला नेकपाको सरकार आफ्ना कार्यकर्ता पोशाउन र पार्टी प्रवेश गराउनमै व्यस्त रहेको छ । हरेक मानिस कोरोन भाइरसले ग्रसित हुने समय आइरहेका बेला नेकपा सरकारले मानब स्वास्थ्यमा खेलाची गरेको देखिन्छ । कार्यक्रममा उपस्थित भएका नेता देखि लिएर कार्यकर्ताले मुखमा मास्क लगाए पनि सामाजिक दुरी नै कायम नगरेर बसेका थिए ।

किराना र तरकारी पसलमा तरकारी किन्न आउनेलाई धेरै भिड नगरौ है भनेर धपाउने सुरक्षाकर्मी नजिकबाट भिडभाडलाई नियाली रहेका थिए । यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई यो महामारीका बेला कसैले पनि भिडभाड, सभा सेमिनार गर्न नपाईने र देउखुरीको राजपुरमा आयोजना गरिएको कार्यक्रमको बारेमा आफुलाई कुनै पनि जानकारी नभएको बताए ।कार्यक्रममा स्थानिय जनप्रतिनिधि देखि लिएर प्रदेश सभा सदस्य देखि प्रतिनिधि सभा सदस्य लगायतका नेताको सहभागिता रहेको थियो ।

हेर्नुहाेस फाेटाेहरु
प्रतिक्रिया दिनुहोस