नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०० नाध्याे

काठमाण्डाैँ ,०३ असाेज ।

नेपालमा २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ महिला र ४ पुरुष संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोरङकी ६५ वर्षकी महिला, रौतहटकी ५१ वर्षकी, सर्लाहीका ५६ वर्षकी महिला, ललितपुरकी ७६ वर्षकी, ६८ वर्षकी महिला र ६० वर्षका पुरुष तथा काठमाडौंकी ७७ वर्षकी महिला र ७५ वर्षका पुरुष, मकवानपुकी ३७ वर्षकी महिला, रुपन्देहीका ५९ वर्ष र बाँकेका ४५ वर्षका पुरुष रहेका छन । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस