थप १० जना कोरोना संक्रमितको मृत्यु ,मृतकको संख्या ४ सय ११ पुग्याे

काठमाण्डाैँ, ०४ असाेज ।

नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन्।काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ।

धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस