लकडाउन डायरी भाग- १

बटुवा जस्तै जिन्दगी भएको भएको छ अचेल
मान्छे चिने पनि नचिने जस्तो गर्छन् अचेल
नेपाली बुझाउन खोज्दा पागल भन्छन् अचेल
हे राम यही हो जिन्दगी न हर्ष न बिस्मात् छ अचेल

सत्य बोल्दा सम्बन्ध टुट्ला जस्तो भएको छ अचेल
तर हे भगवन हजुर ले हेरिरहनुभाछ म कस्तो छु अचेल
मनमा पिर भए जस्तो अचानो बनेको छु अचेल
खुकुरी को धारमा हिँड्दै गरेको आवारा भएको छु अचेल

कसैले नी नपत्याउने खोलो बनेको छु अचेल
बाढी बगाउने हिम्मत त छ मन चञ्चल बनेको छ अचेल
रामो कुरा लाई सपना बनाउन खोजेको छु अचेल
आखिर श्रीकृष्ण रहेछ एक भन्दै बसेको छू अचेल

कवि लाई माया गर्ने म प्रेम लाई भ्रम भनेको छु अचेल
निन्द्रा लाई प्रिय मान्ने म ध्यान लाई स्थान दिएको छु अचेल
मैले हेर्ने दुनियाँ लाई विभिन्न लोक मान्न थालेको छु अचेल
अहिले सम्म नभएको लोकमा सुख भोगेको छु अचेल

राम्रो बोल्यो की अनुहार रातो पिरो गर्दै छन् अचेल
साथी पनि छुरा रोप्न खोज्न थाले विकास नदेखेका अचेल
रावण झै दश थरी कुरा मा लाग्छन चिन्ता छैन अचेल
मेरा गोरु का बार्है टक्का भन्छ्न आजकल मानव अचेल

कस्तो आयो जिन्दगी बोल्न लेख्न सुन्न नी नपाउने विधि को शासन भन्दा कडा नियम छ अचेल
मैं खाउ मै लाउ भन्ने दानव पनि मानव बनेछन् अचेल
पीडा हर्ने केबल हरि छन् बद्नाम शरीर रहेछ भने अचेल
बौद्धिकता को लडाईं गर्ने मन थियो के गर्नु र अचेल झगडा शब्द आफै समाजमा बद्नाम भएको छ अचेल

प्रतिक्रिया दिनुहोस