नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ सय ३६ पुग्याे

काठमाण्डाैँ,०७ असाेज ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको परीक्षण भएको छ।पछिल्लो २४ घण्टामा १ हजार ८९३ निको भएका छन्। योसँगै ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.७ प्रतिशत छ।
प्रतिक्रिया दिनुहोस