स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

स्याङ्जा, ०८ असाेज ।

स्याङ्जाको छुट्टाछुट्टै ठाउँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  एकजना घाइते भएका छन् भने आठ जना बेपत्ता भएका छन् ।

बिहीबार राति २ बजे कालीगण्डकी गाउँपालिका ४ स्थित  गौतमडाँडाका बाबुराम दमाइ र जगतबहादुर दमाइको घर पहिरोले पुरिएर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परि बाबुराम दमाइका १६ वर्षीय छोरा विष्णु दमाइ मृत फेला परेका छन् ।

त्यस्तै पहिरोले वालिङ नगरपालिका वडा नम्बर १४ तमादीकी माया नेपालीको घर सहित १० जनाको परिवार  पुरेको छ । जसमा एक जनाको शव भेटिएको छ भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अन्य आठ जना बेपत्ता छन् ।

बेपत्ताहरुको खोजीकार्य भइरहेको र घाइतेलाई उपचारका लागि वालिङ अस्पताल लगिएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस