तुलसीपुरमा सवारी पार्किङ ब्यवस्थापन हुँदै

तुलसीपुर, ०८ असाेज ।

पछिल्लाे समय लकडाउन खुले संगै बजार क्षेत्रमा भिडभाड देखिन थालेेकाे छ ।तुलसीपुर बजार क्षेत्रमा सवारी साधनकाे चाप पनि निकै धेरै हुने गरेकाे पाईन्छ । अझ नजिकिदै गरेकाे चाडपर्वले झनै भिडभाड बढाएकाे छ ।

यतिबेला तुलसीपुर उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय तुलसीपुर र  ट्राफिक प्रहरी कार्यालय तुलसीपुर उत्त अस्तब्यस्त भिडभाड र सवारी पार्किङ ब्यवस्थापनमा जुटेका छन ।नेपाल प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाका कर्मचारीहरुकाे संयुत्त प्रयासमा बिहिवार जनचेतनाका लागि माईकिङ र अस्तब्यस्त रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई कसरी पार्किङ गर्ने भनेर प्रशिक्षण समेत दिईएकाे थियाे । प्रहरीले फुटपातमा रहेका ब्यापार ब्यवसायलाई समेत अनावश्यक भिडभाड नगरिदिन हुन अनुराेध गरेकाे छ ।

नजिकीदै गरेका चाडपर्वहरुमा दुर्घटनाकाे जाेखिमलाई मध्यनजर गर्दै तुलसीपुर बजार क्षेत्रमा जथाभाबी रुपमा पार्किङ गरिएका बाईक, अटाे लगाएतका सवारी साधनहरुलाई ठिक तरिकाले पार्किङ गराउन लगाएकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र ना नि चन्द्र केशीले जानकारी दिनुभयाे । जथाभावी रुपमा अस्तब्यस्त पार्किङले बजार क्षेत्रलाई कुरुप समेत बनाएकाे उहाँले भन्नुभयाे ।

हेर्नुहाेस पुरा भिडियाे

प्रतिक्रिया दिनुहोस