थप १४९७ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुग्याे

काठमाण्डाैँ, ०८ असाेज । 

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।याे संगै हालसम्म संक्रमित हुनेको कुल संख्या ६९ हजार ३०१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९५ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५१ जना संक्रमित देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस