थप १३१३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ७० हजार नाघ्याे

काठमाण्डाैँ, ०९ असाेज ।

नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस