थप १२०७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१ हजार ३४१ पुग्याे

काठमाण्डाैँ, १० असाेज । 

नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस