थप १५७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१ हजार ८२१ पुग्याे

काठमाण्डाैँ, ११ असाेज । 

नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १ हजार ५७३ थप जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। यस्तै संस्थागत आइसोलेनमा ८ हजार ३२१ रहेका छन्। अहिले भेन्टिलेटरमा देश भर ३३ जना उपचाररत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस