तुलसीपुरमा थप ३ जनामा कोरोना पुष्टि

दाङ, १४ असाेज ।

तुलसीपुरमा बुधबार थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का ३७ बर्षीय  पुरुष , वडा नं.७ का ३४ बर्षीय पुरुष र वडा नं.१२ का २८ बर्षीय पुरुष रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमित मध्य वडा नं. ६ र ७ का पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गरिएको थियो , भने वडा नं.१२ का संक्रमितको काठमाडौँमा कोरोना पुष्टि भएको हो ।कोरोना पुष्टि भएका व्यक्तिहरु समुदायस्तरका रहेका उनले बताए ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या २२८ पुगेको छ  भने १७४ जना डिस्चार्ज भएका छन् । अब संक्रिय संक्रमितहरु ५४ जना रहेको केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस