ट्राफिक हवलदार कुसारीद्धारा छाेरीकाे प्रथम जन्मउत्सवकाे अवसरमा खाद्यान्न सहयाेग

तुलसीपुर, १६ असाेज । 

अस्थाई प्रहरी पाेष्ट गाेटिखाेलामा कार्यरत्त ट्राफिक हवल्दार टेक बहादुर कुसारीले आफ्नाे छाेरीकाे जन्मउत्सवकाे अवसरमा खाद्यान्न सामाग्री बितरण गरेकाे छन । हवल्दार कुसारीले छाेरी सुप्रिया कुसारीकाे प्रथम जन्मउत्सवकाे अवसर पारेर सुक्रवार तुलसीपुर उपमहानगरपालिका ०३ खमारी स्थित ७६ बर्षीय चन्द्र बिर वलीकाे परिवारलाई खाद्यान्न सामाग्री सहयाेग गरेका हुन ।

चन्द्र बिर वलीकाे १३ जनाकाे परिवारमा ९ जना जन्मजात आखा नदेख्ने सदस्यहरु रहेका छन भने ४ जना मध्ये चन्द्र बिर वली ७६ बर्षका बृद्ध हुनुहुन्छ ।उहाँकाे कान्छाे छाेरा र बुहारी काठमाण्डाैँमा बस्ने गर्छन । आर्थिक अवस्था निकै दयनिय रहेकाे यस परिवारलाई हवल्दार कुसारीले चामल,दाल, तेल,साबुन, लगाएतका खाद्यान्न सामाग्री सहयाेग गरेका हुन ।

पछिल्लो समय जन्मदिनको अवसरमा बेफाल्थु होटलहरूमा खर्च गर्ने परिपाटी रहेकाेमा सबैलाई सकरात्मक सन्देश दिन असाय, असक्त्त परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेर छाेरीकाे पहिलाे जन्मदिन मनाएकाे बताउनुहुन्छ ट्राफिक हवल्दार टेक बहादुर कुसारी ।नाचगान रमाईलाे गरी बनाएकाे जन्मदिनहरु भन्दा यस बर्ष सानै भएपनि कसैलाई छाेरीकाे सम्झनामा सहयाेग गरेर जन्मदिन मनाउन पाउदाँ निकै खुशी लागेकाे उहाँले बताउनुभयाे ।

खाद्यान्न सामाग्री वितरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्र ना नि चन्द्र के शी, अस्थाई प्रहरी पाेष्ट गाेटिखाेलाका ईन्चार्ज प्र स नि बालाराम नेपाली, लगाएतकाे सहभागिता रहेकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस