थप २१२० जनामा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या ८४,५७० पुग्याे

काठमाण्डाैँ, १७ असाेज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससंगै काेराेना संक्रमितकाे कुल संख्या ८४ हजार ५ सय ७० पुगेकाे छ ।

थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस