नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु,मृतककाे संख्या ५ सय २८ पुग्याे

काठमाडौँ , १७ असोज ।

शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार २ महिला र ६ पुरुष गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुासर आज काठमाडौँ उपत्यकामा काठमाडौँका ८३ र ६८ वर्षीया दुइ पुरुष , ललितपुरका ६७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । यस्तै काठमाडौँ उपत्यका बाहिर सुनसरीकी २८ वर्षीया महिला , सिन्धुपाल्चोकका ४१ , दोलखाका ६५ , कैलालीका ७९ वर्षीया पुरुष र चितवनकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

मन्त्रालयले जनाए अनुसार हाल सम्म देशभरबाट ५ सय २८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस