थप २२५३ जनामा कोरोना पुष्टि,संक्रमितकाे कुल संख्या ८६,८२३ पुग्याे

काठमाण्डाैँ, १८ असाेज ।

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस संगै संक्रमितकाे कुल संख्या ८६८२३ पुगेकाे छ ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस