काठमाण्डाैँ, १८ असाेज ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । आज काठमाडौं, ललितपुर, चितवन, मकवानपुर बाँके र कञ्चनपुरमा गरी ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ३५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार मृत्यु हुनेमा काठमाडौँका ५५ वर्षीया पुरुष, चितवनका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मकवानपुरका ५ दिनको बालिकाको पनि मृत्यु भएको छ । त्यस्तै बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै उता कञ्चनपुरमा २९ बर्षीय महिलाको मृत्यु भएको छ ।