यस वर्षको दशैँ जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन स्वास्थ्य मन्त्रालयकाे अपिल

काठमाण्डाैँ, १८ असाेज । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको हा‍े।

दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन्। विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस