तुलसीपुरमा ट्राफिक प्रहरी र यातायात व्यवसायी बिच छलफल

दाङ,१९ असाेज ।

तुलसीपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र दाङ जिल्लामा रहेका यातायात ब्यवसायीहरु बिच छलफल भएकाे छ ।अाईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जि‍ सीकाे उपस्थितीमा यातायात ब्यवसायीहरु बिच छलफल भएकाे हाे । नजिकिदै गरेका नेपालीहरुकाे महान चाडपर्वहरुलाई मध्यनजर गर्दै यातयात क्षेत्रमा हुन सक्ने दुर्घटनाकाे क्षति कसरी न्युनिकरण गर्ने र काेराेना महामारी बिच कसरी सार्वजनिक सवारी साधनहरुलाई सञ्चालन गर्ने भन्ने बिषयमा छलफल गरिएकाे थियाे ।

छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ कार्यालय प्रमुख प्रहरी निरिक्षक थम्मन जि‍ सी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक चन्द्र केशी, नेपाल यातायात स्वतन्त्र मजदुरका अध्यक्ष केशब भण्डारी लगाएत यातायात ब्यवसायीका बिभिन्न प्रा लिका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।

दाङ जिल्लामा हुने गरेका दुर्घटनाहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा सम्बन्धित सबै सराेकारवालाहरुकाे साथ सहयाेग र सम्वन्यकाे अावश्यक रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ कार्यालय प्रमुख प्रहरी निरिक्षक थम्मन जि‍ सी बताउनु भयाे । दुर्घटना न्युनिकरण अाफ्नाे प्रमुख प्राथमिकता रहेकाे उहाँले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस