तुलसीपुर, १९ असाेज ।
दाङमा गए राति एक युवकलाई खुकुरी प्रहार गर्ने ३ जना पक्राउ परेका छन । खुकुरी प्रहार गरी फरार रहेका तिन जनालाई प्रहरीले १९ गते साेमबार बिहान ०३;०० बजेको समयमा जिल्ला दाङ तुलसलीपुर उप-महानगरपालीका वडा नं.६ स्थित लुकी छिपी बसेको अवस्थामा फेला पारेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला दाङ तुलसीपुर उप-महानगरपालीका वडा नं.६ भीआईपी टोल बस्ने बर्ष १९ को शिव प्रसाद चौधरी ,ऐ.ऐ.बस्ने बर्ष १६ को दिपेश चौधरी, ऐ.ऐ.बस्ने बर्ष १७ को संदिप सुनार रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । उनीहरुबाट वारदात घटनामा प्रयोग भएको १ थान खुकुरी समेत प्रहरीले वरामद गरेकाे छ ।
घटनामा संल्गन रहेका तिनै जनालाई प्रहरी हिरासतमा राखी निज प्रतिवादीहरु उपर आवश्यक अनुसन्धान भई रहेको र घाईतेको हाल
कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्र ना उ शिब बहादुर सिंहले जानकारी दिनुभयाे ।
याे पनि पढ्नुहाेस……..