काठमाडौँ , १९ असोज ।
सोमबार १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १४ जना पुरुष र ५ जना महिला गरी १९ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा काठमाडौँका २६ , ६५ , ६७ , ७८ , ८१ , ९१ वर्षीया ६ जना पुरुष र काठमाडौँकै ७३,८१ र ८३ वर्षीया ३ महिला र ललितपुरका ३,७१,५५ वर्षीया ३ जना पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै काठमाण्डौँ उपत्यका बाहिर सुनसरीका ५५ वर्षीया पुरुष , पर्साका ६५ वर्षीया महिला ,सर्लाहीका ४२,६९ वर्षीया दुइ पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् । यस्तै चितवनका ६५ वर्षीया पुरुष , गोरखाकी ४५ वर्षीया महिला , नवलपरासी पूर्वका ३६ वर्षीया पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।
आज १९ जना कोरोना संक्रमितको मृत्यु भएसंगै हालसम्म ५ सय ५४ जनाको मृत्यु भइसकेको छ , जुन कुल कोरोना संक्रमित मध्ये ०.६२ प्रतिशत रहेको छ ।