नव कान्तिपुर भलाई काेषद्धारा बसपार्कमा स्वास्थ्य सामाग्री सहयाेग

दाङ, २० असाेज ।

नव कान्तिपुर भलाई तथा ईन्भेष्टमेन्ट कम्पनी प्रा लिद्धारा दाङकाे बसपार्कमा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।कोभीड १९ विरुद्ध नव कान्तिपुर भलाई काेषले तुलसीपुर बसपार्कमा अखिल नेपाल यातायात मजदुर संघकाे सम्वन्यमा १ हजार पिस माक्स र ५ लिटर सेनिटाईजर बितरण गरेकाे हाे ।

बसपार्कमा  काेराेना संक्रमणकाे जाेखिम उच्च रहने भएकाले बसपार्क क्षेत्रका कर्मचारी, चालक,सहचालक र यात्रुहरुलाई लक्षित गरी स्वास्थ्य सामाग्री बितरण गरिएकाे नव कान्तिपुर भलाई तथा ईन्भेष्टमेन्ट कम्पनी प्रा लिका अध्यक्ष ईन्द्र सापकाेटाले जानकारी दिनुभयाे ।

अखिल नेपाल यातायात मजदुर संघले असाेज १०  गते देखि तुल्सिपुरको बसपार्कबाट सन्चालन गरेको अभियानमा दाङ जिल्लामा रहेकाे बिभिन्न व्यवसायी, संध संस्था लगाएतकाे सहयाेग रहेकाेले अभियान सफल भएकाे अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य घनश्याम डाँगीले बताउनुभयाे । स्वास्थ्य सामाग्री सहयाेग गर्ने हातहरुलाई डाँगीले धन्यवाद समेत ब्यत्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस