बैदेशिक राेजगारीमा मलेसिया पुगेका अश्वाराका एक युवककाे निधन

तुलसीपुर, २० असाेज ।

बैदेशिक राेजगारीकाे सिलसिलामा करिब तिन बर्ष अधि मलेसिया पुगेका एक युवककाे निधन भएकाे छ । तुलसीपुर उपमहानगरपालिका-०८ अश्वारा निवासी २३ बर्षिय दिपक वलीकाे साेमबार राती मृत्यु भएकाे हाे ।

६ महिना अधिबाट बिरामी भएका उनलाई  घर परिवारले नेपाल फर्काउने निकै काेशिस गर्दा पनि सफल हुन सकेन्न । बिस्तारै अवस्था गम्भिर हुँदै गएपछि दिपकले घर आउनका लागि आफ्नाे साथीकी आमाकाे माध्यमबाट रकम पठाईदिन भन्दै घरमा फाेन गरे घरपरिवारले ऋण सापटी गरेर केही दिन पछि १,५०,०००।- रकम ललितपुरकी सरस्वती खनालकाे नाममा हालिदिए । पठाएकाे रकम पनि दिपकले पायाे या पाएन भन्ने खबर सम्म पनि पाएन्न घर परिवारले ।पैसा पाएकाे एक हप्तामा म घर पुग्छु भनेर फाेन गरेका दिपक एक महिना बित्दा पनि फर्किएन ।अन्तत्त असाेज १९ गते उनकाे निधनकाे खबर आयाे ।

दिपकसंग अन्तिम पटक असाेज १७ गते कुरा भएकाे बताउछन दिपकका काका मिन बहादुर वली ।उनकाे  शाररिक अवस्था एकदमै दयनिय रहेकाे थियाे त्यति बेला उनी बाेल्न सम्म सक्ने अवस्थामा थिएन्न ।उनकाे मृत्युकाे खबरले अहिले घर परिवार शाेकमा छन । उनकी आमा बाेल्न सक्ने समेत अवस्थामा छैनन् ।

मृतकका आफ्न्तहरुकाे सरस्वती खनाल र उनकाे मलेसियामा रहेकाे छाेराले १,५०,०००।- रुपैया खाएकाे आराेप लगाईरहेका छन । उनीहरुकै कारणले २३ बर्षिय दिपक वलीकाे निधन समेत भएकाे बताउछन मृतकका ठुला बुवा सुन्दर कुमार वली ।

 

प्रतिक्रिया दिनुहोस