थप ४३६४ जना नयाँ कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या ९८,६१७ पुग्याे

काठमाण्डाैँ, २२ असाेज ।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।यस अवधिमा २६ सय ७५ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनले अहिलेसम्म ७१ हजार ३ सय ४३ जना डिस्चार्ज भएको जानकारी दिए ।काठमाडौंमा एक हप्ताभित्र १० हजारभन्दा बढी संक्रमण बढेको भन्दै प्रवक्ता डा. गौतमले स्वास्थ्य मापदण्ड पूरा पालना नभएको देखिएको बताए ।

हाल देशभर २६ हजार ६ सय ८४ सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ११ हजार ७ सय १७ आइसोलेसनमा रहेका छन् ।होम आइसोलेसनमा देशभर १४ हजार ९ सय ६७ रहेको डा. गौतमले जानकारी दिए ।पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७२ पिसिआर परीक्षण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस