तुलसीपुरका नगरप्रमुख सहित २१ जनामा कोरोना पुष्टि

दाङ, २२ असाेज ।  

तुलसीपुरमा बिहीबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे सहित २१ जनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

सामान्य ज्वर र रुघा खाेकी देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक गर्दा पाण्डेमा कोरोना पोजेटिभ देखिएको हाे । कोरोना पोजेटिभ आएपछि नगरप्रमुख पाण्डेले सबैलाई सजक रहन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस