नेपालमा कोरोना संक्रमित संख्या १ लाख नाघ्याे

काठमाण्डाैँ, २३ असाेज । 

नेपालमा कोरोना भाइरसका संक्रमित १ लाख नाघेका छन् ।शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ हजार पुगेको छ ।पीसीआर परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा १५८७७ जना संक्रमित बसेका छन् ।

शुक्रबार १ हजार ६८० जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।विश्वभर फैलिएको कोरोना महामारीको ग्राफमा नेपाल अब ४२ औं नम्वरमा आइपुगेको छ । कोरोना महामारीको सुरुवात भएको छिमेकी चीन ४७ औं नम्वरमा रहेको छ । चीनमा कुल संक्रमितको संख्या ८५ हजार ५२१ जना मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस