थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या ६ सय १४ पुग्याे

काठमाण्डाैँ, २४ असाेज । 

नेपालमा पछिल्लाे २४ घण्टामा देशभरबाट १४ जना कोरोना संक्रमितको निधन भएको छ । शनिबार २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमा सुनसरीका ४५ वर्षीया , मोरंगका २० , ७२ वर्षीया दुइ पुरुष , सर्लाहीका ७१ वर्षीया पुरुष , मकवानपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।यस्तै धादिंङकी ३१ वर्षीया महिला , रुपन्देहीका ५७ वर्षीया पुरुष , नवलपरासी पूर्वका ३६ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

आज काठमाडौँ उपत्यकामा काठमाडौँकी ६८ वर्षीया महिला , काठमाडौँका ४८ , ९० वर्षीया दुइ पुरुष , भक्तपुरका ६८ वर्षीया पुरुष , ललितपुरका ४३ , ४९ वर्षीया दुइ पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको हो ।यस्तै कुल कोरोना संक्रमित मध्य ०.५८ प्रतिशत अर्थात ६ सय १४ जना कोरोना संक्रमितको निधन भइसकेको छ । हाल भेन्टिलेटरमा ७७ जना र आइसीयुमा ३ सय २१ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस