शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पुष्टि

काठमाण्डाैँ २५ असाेज ।

संघिय सरकारका अर्का एक मन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन खड्काले बताएका छन् । मन्त्री पोखरेल अस्पतालमै उपचाररत रहेका छन् ।पोखरेलको सचिवालयले केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।यसअघि, यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको तर केही लक्षण नदेखिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस