काेराेना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतककाे कुल संख्या ६ सय ३६ पुग्याे

काठमाण्डाैँ, २५ असाेज ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १७ पुरुष र ५ महिलाको निधन भएको जनाएको छ ।यो समेत हालसम्म संक्रमणबाट देशभर निधन हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

निधन हुनेमा काठमाडौंमा एक महिला र चार पुरुष गरी पाँचजना, चितवनमा एक महिला र तीन पुरुष गरी चारजना, रुपन्देहीमा तीन पुरुष, भक्तपुरमा दुई पुरुष, सुनसरीमा एक महिला र एक पुरुष गरी दुईजनाको निधन भएको छ ।त्यसैगरी धनकुटा र मकवानपुरमा एक–एक महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

सर्लाही, ललितपुर, नुवाकोट र सिन्धुपाल्चोकका एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस