दाङमा जिल्ला अदालत पनि बन्द

 

 

दाङ, २६ असाेज । 

दाङमा कोरोना संक्रमण बढेपछि जिल्ला अदालत दाङ देउखुरी पनि बन्द गरिएको छ ।यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ ।

अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले बताउनुभएको छ । कर्मचारीमा कोरोना देखिएपछी दाङका जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय पनि बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस