सञ्चार मन्त्रालयको अनुरोध : कार्तिक ७ गतेभित्र ‘क्लिन फिड’

असोज २८, दाङ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी च्यानलमा ‘क्लिन फिड’ का लागि अनुरोध गरेको छ । मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ । आज बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दैै यस्तो अनुरोध गरेका हुन् । साथै विञप्तिमा भनिएको छ कार्तिक ७ गतेभित्र विज्ञापन रहित प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुनेछ ।

जारी विज्ञप्तिमा इन्डियन बोर्डकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुबाट विज्ञापनरहित प्रसारणको म्याद थप गर्न गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । साथै विज्ञसप्तमा कार्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिको समेत व्यवस्था भएकोले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिमै क्लिनफिड लागू गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस