काठमाण्डाैँ, २९ असाेज ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस संगै नेपालमा काेराेना भाईरस संक्रमितकाे कुल संख्या १ लाख २१ हजार ७४५ पुगेकाे छ । ३५६४ जना संक्रमणमुक्त भएका छन् ।देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।