तुलसीपुरमा थप २२ जनामा कोरोना पुष्टि

तुलसीपुर, २९ असाेज । 

तुलसीपुरमा विहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको स्वाब परीक्षणका क्रममा चार महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमितहरु तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का ३ जना, वडा नं.४ का एक जना, वडा नं.५ का ४ जना, वडा नं.६ का ८ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का २ जना, वडा नं. १६ का एक जना र वडा नं. १९ का एक जना रहेका छन् ।संक्रमित हुनेमा उपमहानगरपालिकाका कर्मचारी, शिक्षक, तथा अन्य व्यक्तिहरु रहेको तुलसीपुरका कोभिड-१९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४२ छ भने २२६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।हाल कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस