नेपालमा काेराेनाका कारण थप २१ जनाको मृत्यु, मृतककाे कुल संख्या ७१५ पुग्याे

काठमाण्डाैँ, ३० असाेज ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नेपालमा चार हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । जसमध्ये ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमित हुन् ।

संक्रमितमध्ये तीन सय १५ जनाको आइसियूमा र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस