थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतककाे कुल संख्या ७ सय २७ पुग्याे

काठमाण्डाैँ, ०१ कार्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण भएको छ।योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ। हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस